काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच खेल हुँदैछ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको एनपीएल अन्तर्गत आजको खेल अपराह्न ४:०० बजे हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छ भने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुईमात्र जितेको छ ।
प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।