Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

विराटनगर किङ्ग्सले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

१८ मंसिर २०८२, बुधबार १५:५१

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच खेल सुरु हुँदैछ ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किङ्ग्सले पहिला ब्याटिङ गर्दैछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छ । आजको खेल जितेर एक खेलअगावै प्लेअफमा पुग्ने विराटनगरको लक्ष्य हुनेछ ।

यस्तै रोहितकुमार पौडेलले नेतृत्वमा रहेको लुम्बिनीले पाँच खेलबाट चार अङ्क जोडेको छ । प्लेअफको समभावना जीवितै राख्न लुम्बिनीलाई पनि आजको खेल जित्नैपर्ने दबाब छ ।

प्रतिक्रिया दिनुहोस्