Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

लुम्बिनीलाई विराटनगरले दियो १४५ रनको लक्ष्य

१८ मंसिर २०८२, बुधबार १७:४२

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको विराटनगर किङ्सले १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको हो ।

विराटनगरका दुवै ओपनर जर्ज मुन्से र फाफ डुप्लेसी सस्तैमा आउट भए । मुन्से पहिलो ओभरका दोस्रो बलमा रनको खाता नखोली आउट भए । उनी शेर मल्लको बलको शिकार भए ।

अर्का ओनिर फाप २ ओभरको अन्तिम बलमा दोस्रो विकेटका रुपमा आउट भए । उनले ९ बल खेल्दा २ चौका हान्दै १२ रन जोडे । उनी अविषेक गौतमको बलमा क्याच आउट भए ।

विराटनगरको तेस्रो विकेटका लागि लुम्बिनीले ८ ओभर ४ बलको संघर्ष ग¥यो । लोकश बम र साम हिजलेटले तेस्रो विकेटका लागि ५२ बल खेल्दै ५५ रनको साझेदारी गरे । ११ ओभर ४ बलमा आउट तेस्रो विकेटका रुपमा आउट भएका लोकेशले ४१ बल खर्चेर ३५ रन जोडे ।

प्रतिक्रिया दिनुहोस्