Trending
लुम्बिनीलाई विराटनगरले दियो १४५ रनको लक्ष्य     |     मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा     |     विराटनगर किङ्ग्सले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै     |     माओवादी कर्णाली प्रदेशसभा संसदीय दलका नेता शर्माद्वारा राजीनामा     |     आज लुम्बिनी र विराटनगर खेल्दै     |     ‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला     |     कोटेश्वर चोक सुधार आयोजनाका लागि जापानसँग ऋण सम्झौता     |     नेपाल चाइनिज ताइपेसँग पराजित     |     एनपिएल : कर्णाली बाहिरियो, पोखराको दोस्रो जित     |     एनपीएलमा जनकपुरको पहिलो जित     |    
खेलकुद

लुम्बिनीलाई विराटनगरले दियो १४५ रनको लक्ष्य

१८ मंसिर २०८२, बुधबार १७:४२

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको विराटनगर किङ्सले १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको हो ।

विराटनगरका दुवै ओपनर जर्ज मुन्से र फाफ डुप्लेसी सस्तैमा आउट भए । मुन्से पहिलो ओभरका दोस्रो बलमा रनको खाता नखोली आउट भए । उनी शेर मल्लको बलको शिकार भए ।

अर्का ओनिर फाप २ ओभरको अन्तिम बलमा दोस्रो विकेटका रुपमा आउट भए । उनले ९ बल खेल्दा २ चौका हान्दै १२ रन जोडे । उनी अविषेक गौतमको बलमा क्याच आउट भए ।

विराटनगरको तेस्रो विकेटका लागि लुम्बिनीले ८ ओभर ४ बलको संघर्ष ग¥यो । लोकश बम र साम हिजलेटले तेस्रो विकेटका लागि ५२ बल खेल्दै ५५ रनको साझेदारी गरे । ११ ओभर ४ बलमा आउट तेस्रो विकेटका रुपमा आउट भएका लोकेशले ४१ बल खर्चेर ३५ रन जोडे ।

प्रतिक्रिया दिनुहोस्