Trending
काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा     |     काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य     |     एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै     |     ‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा     |     एनपिएलमा ३६ अर्धशतक     |     ब्रिटिस र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार     |     एनपिएलः सुदूरपश्चिम ‘फाइनल’मा     |     चलचित्र ‘परान’को कमाइ १७ करोड, अरूको कति?     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     ‘जारी २’ र ‘मनबिनाको धन’ले अहिलेसम्म कति कमाए ?     |    
खेलकुद

काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य

२५ मंसिर २०८२, बुधबार १७:४८

काठमाडौं। कप्तान रोहितकुमार पौडेल र शेर मल्लको धारिलो बलिङसँगै काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सलाई ११२ रनको सामान्य लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको काठमान्डुले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १११ रन बनाएको हो।

काठमान्डुका सन्तोष यादवले सर्वाधिक १९ रन बनाए। १४ बल खेलेका उनले १ छक्का प्रहार गरे। मोहम्मद आदिल अन्सारी १८, जोन सिम्पसन १८ र भीम सार्की १४ रनमा आउट भए। अन्यको ब्याट भने चल्न नसक्दा लुम्बिनीले सामान्य लक्ष्य प्राप्त गर्‍यो।

लुम्बिनीका रोहित र शेरले समान ३ विकेट लिए। ४ ओभर बलिङ गरेका रोहितले २५ र शेरले २२ रन खर्चिए। रुबेन ट्रम्पलम्यानले २ र अभिषेक गौतमले १ विकेट राखे।

प्रतिक्रिया दिनुहोस्