Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य

२५ मंसिर २०८२, बुधबार १७:४८

काठमाडौं। कप्तान रोहितकुमार पौडेल र शेर मल्लको धारिलो बलिङसँगै काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सलाई ११२ रनको सामान्य लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको काठमान्डुले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १११ रन बनाएको हो।

काठमान्डुका सन्तोष यादवले सर्वाधिक १९ रन बनाए। १४ बल खेलेका उनले १ छक्का प्रहार गरे। मोहम्मद आदिल अन्सारी १८, जोन सिम्पसन १८ र भीम सार्की १४ रनमा आउट भए। अन्यको ब्याट भने चल्न नसक्दा लुम्बिनीले सामान्य लक्ष्य प्राप्त गर्‍यो।

लुम्बिनीका रोहित र शेरले समान ३ विकेट लिए। ४ ओभर बलिङ गरेका रोहितले २५ र शेरले २२ रन खर्चिए। रुबेन ट्रम्पलम्यानले २ र अभिषेक गौतमले १ विकेट राखे।

प्रतिक्रिया दिनुहोस्