Trending
काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा     |     काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य     |     एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै     |     ‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा     |     एनपिएलमा ३६ अर्धशतक     |     ब्रिटिस र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार     |     एनपिएलः सुदूरपश्चिम ‘फाइनल’मा     |     चलचित्र ‘परान’को कमाइ १७ करोड, अरूको कति?     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     ‘जारी २’ र ‘मनबिनाको धन’ले अहिलेसम्म कति कमाए ?     |    
खेलकुद

काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा

२५ मंसिर २०८२, बुधबार १९:२७

काठमाडौँ। लुम्बिनी लायन्सले नेपाल प्रीमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेल्ने भएको छ ।

भर्खरै सम्पन्न खेलमा काठमाण्डु गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । भोलि हुने उक्त खेलमा लुम्बिनीले फाइनल प्रवेशका लागि विराटनगर किंग्ससँग खेल्नेछ ।

पराजित काठमाण्डुको यात्रा भने यहीँ सकिएको छ । यता, सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।

११२ रनको सामान्य लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । उसका लागि डार्सी शर्टले ३३, सन्दीप जोराले २३, रोहित पौडेलले १८, निरोशन डिकवेलाले १४ रन बनाए ।

बलिङतर्फ काठमाण्डुका सन्तोष यादवले दुई तथा सन्नी पटेल, शाहब आलम र राशिद खानले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाण्डु १९.१ ओभरमा १११ रनमै अलआउट भयो ।

काठमाण्डुका कोही ब्याट्सम्यान चल्न सकेनन् । सन्तोष यादवले सर्वाधिक २३ रन जोड्दा मोहम्मद आदिल आलम र जोन सिम्पसनले १८–१८ रन बनाए । यस्तै, भीम सार्कीले १४, करण केसीले ९, सन्नी पटेलले ७, बेन चार्लस्वर्थले ४, मिलिन्द कुमारले २ तथा आकाश त्रिपाठीले १ रनमात्रै बनाए ।

काठमाण्डुको इनिङ्स तहसनहस पार्न लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले तीन–तीन विकेट लिए भने रुवेन ट्रम्पलमानले दुई तथा अभिशेष गौतमले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्