Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

अन्डर-१९ एसिया कपमा भारतले रच्यो इतिहास

२७ मंसिर २०८२, शुक्रबार १५:४४

काठमाडौं । दुबईमा भइरहेको अन्डर-१९ एसिया कप २०२५ को पहिलो खेलमा वैभव सूर्यवंशीले युएई विरुद्ध मात्र ५६ बलमा तूफानी शतक प्रहार गरेर इतिहास रचे।

उनले आफ्नो इनिङमा ९५ बलमा १७१ रन बनाए, जसमा १४ छक्का र ९ चौका प्रहार गरे । एसीसी पुरुष अन्डर-१९ एसिया कपमा आफ्नो विस्फोटक ब्याटिङबाट वैभवले कीर्तिमान बनाए।

क्रिकइन्फोका अनुसार उनी यस प्रतियोगितामा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् र एक इनिङमा सबैभन्दा धेरै छक्का पनि प्रहार गरेका छन्।

भारतको अन्डर-१९ र युएईको अन्डर-१९ बीचको यो खेल दुबईमा भइरहेको छ। युएईले टस जितेर फिल्डिङ रोजेको छ।

भारतको अन्डर-१९ ले ५० ओभरमा ६ विकेट गुमाउँदै ४३३ रन बनायो। वैभव हाल १४ वर्षका छन् र राजस्थान रोयल्स आईपीएल टोलीमा पनि समावेश छन्।

वैभवले आइपीएल २०२५ मा जयपुरमा गुजरात टाइटन्स विरुद्ध राजस्थान रोयल्सका लागि ३८ बलमा १०१ रन बनाए र यससँगै उनी पुरुष टी-२० क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छो खेलाडी बने।

प्रतिक्रिया दिनुहोस्