Trending
जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगंजमा जेनजीद्धारा मोटरसाईकल र्याली     |     एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक     |     अन्डर-१९ एसिया कपमा भारतले रच्यो इतिहास     |     एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने     |     आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य     |     नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा     |     काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा     |     काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य     |     एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै     |     ‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा     |    
खेलकुद

एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक

२७ मंसिर २०८२, शुक्रबार १५:४९

काठमाडौं। नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत पदक प्राप्त गरेका छन् ।

उनले टेबलटेनिस यु–२३ पुरुष एकल (क्लास ७) तर्फ उक्त पदक प्राप्त गरेका हुन् ।बिहीबार भएको फाइनल खेलमा न्यौपाने चाइनिज ताइपेइका खेलाडी रेन तिङ ह्वाङसँग ३–२ सेटमा पराजित भए ।

फाइनलमा न्यौपानेले चाइनिज ताइपेइका खेलाडीसँग पहिलो सेट १३–११ अङ्कले र तेस्रो सेट १२–१० ले जिते पनि दोस्रो सेटमा ११–६, चौथो सेट ११–५ र अन्तिम सेटमा १२–१० अङ्कले हार बेहोरेका थिए ।

न्यौपानले सेमिफाइनलमा फिलिपिन्सका बार्गे काबनेरोेलाई ३–१ सेटमा पराजित गरेका थिए । उनले उक्त खेल ११–९, ११–८, ५–११ र ११–९ अङ्कले जितेका थिए ।

न्यौपानेले लिग चरणमा भने काजकिस्तान, कीर्गिस्तान र इराकका खेलाडीलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाएका थिए ।

टेबलटेनिसमा महिलातर्फ निर्मला भण्डारीले सहभागिता जनाएकी युएइमा रहेका राष्ट्रिय पारा टेबलटेनिस सङ्घका अध्यक्ष गणेश केसीले जानकारी दिए ।

एसियन पारा युथ गेम्समा नेपालले टेबलटेनिससहित एथलेटिक्स, तेक्वान्दो र भारत्तोलनमा सहभागिता जनाएको छ । प्रतियोगिता यही मङ्सिर २८ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्