Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक

२७ मंसिर २०८२, शुक्रबार १५:४९

काठमाडौं। नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत पदक प्राप्त गरेका छन् ।

उनले टेबलटेनिस यु–२३ पुरुष एकल (क्लास ७) तर्फ उक्त पदक प्राप्त गरेका हुन् ।बिहीबार भएको फाइनल खेलमा न्यौपाने चाइनिज ताइपेइका खेलाडी रेन तिङ ह्वाङसँग ३–२ सेटमा पराजित भए ।

फाइनलमा न्यौपानेले चाइनिज ताइपेइका खेलाडीसँग पहिलो सेट १३–११ अङ्कले र तेस्रो सेट १२–१० ले जिते पनि दोस्रो सेटमा ११–६, चौथो सेट ११–५ र अन्तिम सेटमा १२–१० अङ्कले हार बेहोरेका थिए ।

न्यौपानले सेमिफाइनलमा फिलिपिन्सका बार्गे काबनेरोेलाई ३–१ सेटमा पराजित गरेका थिए । उनले उक्त खेल ११–९, ११–८, ५–११ र ११–९ अङ्कले जितेका थिए ।

न्यौपानेले लिग चरणमा भने काजकिस्तान, कीर्गिस्तान र इराकका खेलाडीलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाएका थिए ।

टेबलटेनिसमा महिलातर्फ निर्मला भण्डारीले सहभागिता जनाएकी युएइमा रहेका राष्ट्रिय पारा टेबलटेनिस सङ्घका अध्यक्ष गणेश केसीले जानकारी दिए ।

एसियन पारा युथ गेम्समा नेपालले टेबलटेनिससहित एथलेटिक्स, तेक्वान्दो र भारत्तोलनमा सहभागिता जनाएको छ । प्रतियोगिता यही मङ्सिर २८ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्