Trending
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |     रणवीर सिंहको ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्धित     |     आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा     |     जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगंजमा जेनजीद्धारा मोटरसाईकल र्याली     |     एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक     |     अन्डर-१९ एसिया कपमा भारतले रच्यो इतिहास     |     एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने     |    
खेलकुद

एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य

२८ मंसिर २०८२, शनिबार १७:०८

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपील)को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ८६ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम १९.१ ओभरमा अलआउट भयो ।

उसका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाउँदा कप्तान दिपेन्द्र सिंह ऐरीले १३ रन जोडे । यस्तै, विनोद भण्डारी, दीपक बोहरा र पुनित मेहराले खाता समेत नखोली शून्य रनमै पभेलियन फर्किए । हरमित सिंहले १०, स्कट कुगलाइनले १०, शेल्डन ज्याकसनले १, आरिफ शेखले ६ रनमात्रै बनाए ।

वलिङतर्फ लुम्बिनीका रोहित पौडेलले ह्याट्रिकसहित तीन शेर मल्लले र रुवेन ट्रम्पलमानले तीन तीन विकेट लिँदा तिलक भण्डारीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्