Trending
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा देशवासीका नाममा सम्बोधन     |     प्रधानमन्त्री बालेन शाह शीतल निवासमा     |     विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |     कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण     |     महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने     |     सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, सांगीतिक माहोलमा गुन्जिए रामकृष्ण ढकाल     |     चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा     |    
खेलकुद

पदक विजेता चन्द्र स्वदेश फिर्ता

२९ मंसिर २०८२, आईतवार २०:३६

काठमाडौँ।  युएईमा भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कास्य पदक प्राप्त गरेका चन्द्रबहादुर थापासहितको टोलीलाई भव्य स्वागत गरिएको छ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल प्रहरीका उच्चपदस्थ पदाधिकारी, नेपाल बक्सिङ महासङ्घका पदाधिकारी, राष्ट्रिय खेल सङ्घका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले टोलीलाई त्रिवि अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

यही डिसेम्बर ३ देखि १४ तारिखसम्म भएको उक्त प्रतियोगिताको ५४ किलो तौल समूहमा चन्द्रले अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई हराउँदै कास्य पदक प्राप्त गरेका थिए। कास्यसँगै चन्द्रले ७५ हजार अमेरिकी डलर पुरस्कार पाएका थिए। सेमिफाइनलमा चन्द्र विश्व बरियतामा सातौँ स्थानमा रहेका काजकिस्तानका खेलाडीसँग पराजित भएका थिए। विश्व बक्सिङमा पदक जित्ने चन्द्र एक्लो नेपाली मुक्केवाज हुन्।

चन्द्रसँगै प्रतियोगितामा नेपालबाट ५ खेलाडी सहभागी थिए। अठचालीस किलो तौल समूहमा लालप्रसाद उप्रेती, ५१ किलोमा फुङलाङ काम्वाङ, ६० किलोमा खगेन्द्र रोका मगर र ८० किलोमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए। लालप्रसादले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दै १० हजार अमेरिकी डलर जिते। बाँकी खेलाडी पहिलो चरणबाटै बाहिरिए । टोलीको प्रशिक्षकमा प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुनमगर थिए।

कार्यक्रममा सदस्य–सचिव मेहताले ऐतिहासिक उपलब्धि हासिल गरेकामा चन्द्रलाई बधाइ दिँदै उक्त पदकले सारा नेपालीलाई हर्षित बनाएको बताए। सबैको साथ र सहयोगले यो उपलब्धि सम्भव भएको र अझ बढी सफलता हासिल गर्न ध्यान केन्द्रित गर्ने उनले बताए।

नेपाल बक्सिङ महासङ्घका उपाध्यक्ष श्यामकाजी अवालेले चन्द्रको पदकले बक्सिङलाई मात्र नभइ सिङ्गो राष्ट्रलाई गौरवान्वित तुल्याएको धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्