Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
खेलकुद

साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी

२९ मंसिर २०८२, आईतवार २०:३९

काठमाडौँ। विभागीय टोली एपिएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिप फुटबलको आफ्नो तेस्रो खेलमा जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण एपिएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

एपिएफका लागि रस्मिकुमारी घिसिङले निर्णायक गोल गरिन् । उनले खेलको ५२औँ मिनेटमा रेनुका नगरकोटिको पासमा गोल गरेकी हुन् । जितसँगै एपिएफले तीन खेलबाट सात अङ्क बटुलेको छ ।

एपिएफले पहिलो खेलमा बङ्गलादेशको नासरिन स्पोट्र्स एकेडेमीलाई ४–० गोलअन्तरले हराएको थियो ।

त्यस्तै दोस्रो खेलमा एपिएफले भुटानी क्लब ट्रान्सपर्ट युनाइटेड एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

अब नेपालले भारतको इस्ट बङ्गालसँग आगामी पुस २ गते खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्