Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
खेलकुद

सन्दीप लामिछानेले बीपीएल खेल्ने

२९ मंसिर २०८२, आईतवार २०:४१

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा खेल्ने भएका छन् ।

आगामी संस्करणका लागि उनलाई बीपीएलको टोली राजशाही वारियर्सले अनुबन्ध गरेको हो ।

राजशाही वारियर्सले सामाजिक सञ्जालमार्फत लामिछानेलाई टोलीमा स्वागत गर्दै उनलाई “हिमालयन म्याजिक”को संज्ञा दिएको छ ।

लेग स्पिनरका रूपमा आक्रामक बलिङका कारण चिनिएका लामिछानेले यसअघि पनि बीपीएलमा सहभागिता जनाइसकेका छन् ।

उनले अघिल्लो संस्करणमा सिल्हेट सिक्सर्सबाट खेलेका थिए ।

बीपीएलको आगामी संस्करण आउँदो डिसेम्बर २६ बाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्