काठमाडौँ। आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
क्यानले बुधबार २० खेलाडीलाई दोस्रो चरणको बन्द प्रशिक्षणका लागि बोलाएको हो । विश्वकपको ग्लोबल छनोट आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौँमा हुनेछ ।
बन्द प्रशिक्षणका लागि इन्दु बर्मा, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना कुमारी चौधरी, रुवी पोदार र पूजा महतोलाई बोलाइएको छ ।
यस्तै कविता कुँवर, रुविना क्षेत्री, सना प्रवीण, ईश्वरी विस्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिता राना मगर र काजोल श्रेष्ठ पनि बन्द प्रशिक्षणमा समेटिएका छन् ।