Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

टी-२० विश्वकप ग्लोबल छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी

२ पुष २०८२, बुधबार २१:२०

काठमाडौँ। आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले बुधबार २० खेलाडीलाई दोस्रो चरणको बन्द प्रशिक्षणका लागि बोलाएको हो । विश्वकपको ग्लोबल छनोट आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौँमा हुनेछ ।

बन्द प्रशिक्षणका लागि इन्दु बर्मा, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना कुमारी चौधरी, रुवी पोदार र पूजा महतोलाई बोलाइएको छ ।

यस्तै कविता कुँवर, रुविना क्षेत्री, सना प्रवीण, ईश्वरी विस्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिता राना मगर र काजोल श्रेष्ठ पनि बन्द प्रशिक्षणमा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्