Trending
नेपाल अफगानिस्तानसँग पराजित     |     ‘झरीपछिको इन्द्रेणी’को सेन्सर पास     |     टी-२० विश्वकप ग्लोबल छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी     |     जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे     |     भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’     |     नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत     |     चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |    
खेलकुद

नेपाल अफगानिस्तानसँग पराजित

२ पुष २०८२, बुधबार २१:३३

काठमाडौँ। १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ ।

दुबईमा आज एसिया कप अन्तर्गत समूह ‘बी’ को समूह चरणको आफनो अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १२५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २६.५ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

अफगानिस्तानका लागि उजैरुल्लाह नियाजाईले ६१ रनको उत्कृष्ट इनिङ्स खेले । त्यस्तै ओस्मान सादातले २८ रन जोडे भने कप्तान महबूब खान ११ रनमा अविजित रहे ।

नेपालका अभिषेक तिवारीले २ विकेट लिए भने विपिन शर्माले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६.४ ओभरमै सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भएको थियो ।

नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए । चन्दन रामले २७ रनको योगदान दिए भने अभिषेक तिवारीले २० रन जोडे । अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

अफगानिस्तानका जाइटुल्लाह शाहिनले ३ विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान २–२ विकेट हात पारे ।

यस हारसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपाल श्रीलङ्का र बङ्गलादेशसङ पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्