Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

सुदूरको कथामा म्युजिक भिडियो माया मर्दैन सार्वजनिक

५ पुष २०८२, शनिबार १८:२३

काठमाडौँ।  एभरेष्ट ग्यालरीको निर्माणमा बनेको एक सामाजिक म्युजिक भिडियो ” माया गर्दैन ” सार्वजनिक भएको छ ।

गीतकार सागर बास्तोलाको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा कलाकार सनम कठायत र कविता न्यौपाने आदि कलाकारहरुको अभिनय रहेको छ ।

हजारौं सफल म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका प्रसिद्ध मोडल सनम कठायतले पछिल्लो सार्वजनिक म्युजिक भिडियो ” माया मर्दैन ” आफ्नो लागि विशेष महत्व बोकेको म्युजिक भिडियो रहेको बताए।

मोडल कठायतको जन्मस्थान साविकको डोटी जिल्ला शिखर नगर पालिका ३ सालगाउमै छायांकन गरिएको उक्त म्युजिक भिडियोमा मोडल स्वयं कठायतसंगै बुवा नवराज कठायत, आमा लिलादेवी कठायत, अङ्कल गणेश कठायत, आन्टी नन्दादेवी कठायत लगायत भाइ कैलाश कठायतलाई समेत म्युजिक भिडियोमा देख्न सकिन्छ।

निर्देशक जनक सिंहको परिकल्पनामा निर्मित उक्त म्युजिक भिडियोमा दिपक गिरि ,गणेश साउदको छायांकन तथा प्रविधि संयोजन, अमृत चापागाईंको सम्पादन तथा कैलाश कठायतको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा मेलिना राइ र चक्रन जलको स्वर तथा सागर बास्तोलाको शब्द तथा गायक स्वयंकै संगीत रहेको छ ।

एभरेष्ट ग्यालरीको प्रविधिमैत्री प्रचारप्रसारको राष्ट्रिय अभियान दृश्यमा नेपाल अन्तर्गत सुदूरपश्चिम प्रदेशको सामाजिक जनजीवनको एक अंश म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ। सार्वजनिक म्युजिक भिडियोले छोटो समयमै अत्यन्तै सकारात्मक प्रतिक्रिया बटुल्दै दर्शकहरु माया बटुल्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्