Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

६ पुष २०८२, आईतवार २१:२४

काठमाडौं। गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक भएको छ ।

हलमा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको अवस्थामा यो फिल्मप्रति थप आकर्षण गर्न नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरिएको निर्माण पक्षले तर्क गरेको छ ।

बुवाको जिम्मेवारी महसुस गरेको युवा छोराको भावनामा यस गीतको शब्द लेखिएको छ । भिडियोमा फिल्मका शीर्ष कलाकार विमोचन दवाडी र गणेश उप्रेती मुख्य रुपमा फिचर्ड छन् ।

यो गीतको शब्द गणेश कार्कीको हो भने स्वर गायक तथा सङ्गीतकार हेमान्त रानाले दिएका हुन् ।

‘झरीपछिको इन्द्रेणी’बाट कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशनमा डेब्यू गरेका हुन् । यस फिल्ममा गणेश, विमोचनसहित दीपाश्री निरौला, प्रियाना आचार्य ‘मुन्नी’, निर्मल शर्मा, रमेश उप्रेतीलगायतको अभिनय रहेको छ ।

यो फिल्मको कथा निर्देशक घिमिरे आफैँको हो । पटकथा भने गणेश कार्की र विशाल घिमिरेले मिलेर लेखका हुन् । नागराज इन्टरटेन्मेटको ब्यानरमा यो फिल्म बनेको हो ।

प्रतिक्रिया दिनुहोस्