Trending
भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप     |     प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट     |     बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा     |     निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह     |     ५१ औं दिन मनाउँदासम्म ‘परान’ले कमायो १८ करोड     |     ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक     |     विश्वकप क्रिकेटका लागि खेलाडी छनोट     |     सुनको मूल्यमा सामान्य गिरावट     |     सुदूरको कथामा म्युजिक भिडियो माया मर्दैन सार्वजनिक     |     एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै     |    
खेलकुद

भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप

६ पुष २०८२, आईतवार २२:०१

काठमाडौँ। भारतलाई १ सय ९१ रनले हराउँदै पाकिस्तानले एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधि जितेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा रहेको आईसीसी एकेडेमी मैदानमा पाकिस्तानले दिएको ३ सय ४८ रनको लक्ष्य पछ्याएको भारतले २६ ओभर २ बलमा १ सय ५६ रन बनाउँदा सबै विकेट गुमायो ।

भारतका दीपेश देवेन्द्रनले सबैभन्दा धेरै १६ बलमा ३६ रन बनाए । पाकिस्तानका अली राजाले ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४७ रन बनायो । पाकिस्तानका समीर मिन्हासले ११३ बलमा १७२ रन बनाए । यस्तै अहमद हुसेनले ५६ रन बनाए । भारतका दीपेश देवेन्द्रनले ३ विकेट लिए ।

पाकिस्तानले दाेस्राे पटक एसीसी १९ वर्षमुनिकाे एशिया कपकाे उपाधि जितेकाे हाे । यसअघि पाकिस्तान सन् २०१२ मा भारतसँग संयुक्त रूपमा विजेता बनेकाे थियो ।

प्रतिक्रिया दिनुहोस्