Trending
इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण     |     यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली     |     ‘मिरमिरे’को शीर्ष गीतमा प्रकाश र सिर्जनाको छमछमी     |     जनमत, लोसपाका नेता सहित स्वतन्त्र अभियन्ताहरु समेत आजपामा प्रवेश गरे     |     टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न     |     भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप     |     प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट     |     बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा     |     निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह     |     ५१ औं दिन मनाउँदासम्म ‘परान’ले कमायो १८ करोड     |    
खेलकुद

यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली

७ पुष २०८२, सोमबार १९:०८

काठमाडौं। भ्याली पब्लिकले सेनेका यु–१९ गल्र्स बास्केटबल लिगको उपाधि जितेको छ । भ्याली पब्लिक अपराजित रहँदै च्याम्पियन बनेको हो । भ्याली पब्लिकले सबै १२ खेल जित्यो ।

भंगालस्थित घरेलु कोर्टमा भएको फाइनलमा भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ६४–४३ ले पराजित गर्यो । भ्याली पब्लिककी लोरिशा गौचनले उत्कृष्ट प्रदर्शन गर्दै ४६ अंक जोडिन् । लोरिशा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् ।

सेनेका एडुकेसन कन्सल्टेन्सी प्रा.लि. द्वारा आयोजित प्रतियोगितामा भ्याली पब्लिक र साइपालसहित ६ टिम सहभागी थिए । अन्य सहभागीमा गोल्डेनगेट इन्टरनेसनल कलेज, बलर्स एकेडेमी, नितेन मेमोरिय स्कुल (निम्स) र चेल्सी इन्टरनेसनल कलेज रहेका छन् ।

विजेतालाई पूर्व राष्ट्रिय बास्केटबल खेलाडी माया स्याङतान, सेनेकाकी उमा खड्का पाठक, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । लिग भदौ २२ गतेदेखि सुरु भएको थियो । लिगका खेलहरु साइपालमा पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्