Trending
कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |     दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल     |     आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक     |     टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान     |     कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै     |     क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ     |     इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण     |     यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली     |     ‘मिरमिरे’को शीर्ष गीतमा प्रकाश र सिर्जनाको छमछमी     |    
खेलकुद

टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान

८ पुष २०८२, मंगलवार १८:५०

एजेन्सी । इन्डोनेसियाका तीव्र गतिका बलर गेदे प्रियन्दानाले एकै ओभरमा ५ विकेट लिएका छन्।

उनले मंगलबार बालीस्थित उदयाना क्रिकेट स्टेडियममा कम्बोडियाविरुद्ध यो कीर्तिमान बनाएका हुन्। यो खेल इन्डोनेसियाले ६० रनले जित्यो।

२८ वर्षीय प्रियन्दाना पुरुष र महिला क्रिकेट दुवै समेट्दा, एकै ओभरमा ५ विकेट लिने संसारका पहिलो बलर बनेका छन्।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पहिलो पटक कुनै बलरले एक ओभरमा ५ बलमै ५ विकेट लिएका हुन्। यसअघि सन् २०१९ मा श्रीलंकाका लासिथ मलिङ्गाले न्युजिल्यान्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा लगातार चार बलमा चार विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्