Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन

१२ पुष २०८२, शनिबार १५:५२

काठमाडौँ। सभामुख देवराज घिमिरेले एनएसएसएफ १३ औं किन्डर ओलम्पिकको शनिबार उद्घाटन गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको कार्यक्रममा सभामुख घिमिरेले ओलम्पियन कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गरेका हुन् ।

कमलसंगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमति विष्टले टर्चलाई दशरथ रंगशालाको ट्रयाकमा परिक्रमा गराएका थिए ।

पहिलो चरणको किन्डर ओलम्पिकमा उपत्यकाका विभिन्न ३४ विद्यालयका १ हजार ५ सय ४० विद्यार्थीको सहभागिता रहेको आयोजक नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) का महासचिव राजकुमार कार्कीले जनाएका छन् । विद्यार्थीले मार्च पास्ट गर्नुका साथै विभिन्न खेलको प्रतिस्पर्धा पनि भएको थियो ।

दशरथ रंगशालामै पुस १५ गते हुने दोश्रो चरणको कार्यक्रममा ६७ विद्यालयका करिब १ हजार ६ सय विद्यार्थी सहभागी हुने जनाइएको छ ।

एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालगायतको उपस्थिति रहेको थियो ।

सानै उमेरदेखि बालवालिकालाई खेलकुद प्रति आकर्षित गर्ने उद्देश्यले किन्डर ओलम्पिक आयोजना गरिएको आयोजकले जनाएको छ ।

यसअघि पुस ४ गते शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेले किन्डर ओलम्पिकको मस्कट अनावरण गर्नुका साथै अध्यक्ष श्रेष्ठलाई टर्च हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्