Trending
जसपा र लोसपाबीच पार्टी एकताको समझदारी     |     सन् २०२५ मा बङ्गलादेशमा एक लाख जना डेङ्गुबाट सङ्क्रमित, ४१२ जनाको मृत्यु     |     एनभीए च्याम्पियनसिप : हेल्प नेपालको लगातार दोस्रो जित     |     नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ     |     जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह     |     सुदन गुरुङले जाँचबुझ आयोगलाई दिए बयान     |     रास्वपा र प्रमुख शाहबीच राजनीतिक सहमति     |     सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |    
खेलकुद

एनभीए च्याम्पियनसिप : हेल्प नेपालको लगातार दोस्रो जित

१३ पुष २०८२, आईतवार २१:१८

काठमाडौं। साबिक विजेता हेल्प नेपाल नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गरेको छ।
यो जितसँगै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न समूह ‘ए’को खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो।

जितसँगै हेल्प नेपालले ३ अंक पुर्‍यायो। पहिलो खेलमा हेल्प नेपालले एपीएफलाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो।

मणिमुकुन्दको भने यो पहिलो खेल हो। पहिलो सेट २५–१६ ले गुमाए पनि अन्यमा भने मणिमुकुन्दले चुनौती दिएको थियो। तर, हेल्प नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २५–१९ र २५–२२ ले खेल आफ्नो बनायो।

अब हेल्प नेपालले सेमिफाइनल पुग्न समूह ‘डी’को उपविजेतासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्