काठमाडौं। इंग्ल्यान्ड क्रिकेट बोर्डले टी–२० विश्वकपका लागि १५ सदस्यीय अस्थायी टोली सार्वजनिक गरेको छ ।
कप्तान ह्यारी ब्रुकको नेतृत्वमा रहने टोलीमा एशेज सिरिजका क्रममा चोटका कारण बाहिरिएका तेज बलर जोफ्रा आर्चर पुनः फर्किएका छन् ।
टोलीमा अर्का फास्ट बलर जोस टङलाई पनि समावेश गरिएको छ । अनुभवी खेलाडी जोस बटलर, स्याम करन, आदिल रशीद र फिल साल्टजस्ता खेलाडीले पनि स्थान पाएका छन् ।
टी–२० विश्वकपमा इंग्ल्यान्ड नेपाल रहेको समूहमा परेको छ, जसका कारण नेपाली क्रिकेट समर्थकका लागि यो समूह अझ चासोको विषय बनेको छ ।
इंग्ल्यान्डको टोली
ह्यारी ब्रुक (कप्तान), रहान अहमद, जोफ्रा आर्चर, टम ब्यान्टन, ज्याकोब बेथेल, जोस बटलर, स्याम करन, लियम डसन, बेन डकेट, विल ज्याक्स, जेमी ओभरटन, आदिल रशीद, फिल साल्ट, जोस टङ, लुक वुड ।