काठमाडौं। एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ खिल्जी युवा क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार (पुस १५) च्याम्पियनसिपअन्तर्गत काठमाडौंको त्रिपुरेश्वरथित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेपछि समूह ‘बी’ को समूह विजेता बन्यो ।
योसँगै टोलीले क्वार्टरफाइनलमा स्थान बनाएको हो । खेलमा खिल्जीले पहिलो, दोस्रो र तेस्रो खेलमा क्रमशः २५–१५, २५–१९ र २५–२३ को नतिजा निकालेको थियो ।
अब खिल्जीले सेमिफाइनलका निम्ति समूह ‘डी’को विजेतासँग खेल्नेछ ।
जितसँगै खिल्जीले समूह चरण पनि पूरा गरेको छ । समूह चरणमा दुई खेल खेलेको खिल्जी यसअघि पहिलो खेलमा नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो ।