Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

एनभीए च्याम्पियनसिप : खिल्जी क्वार्टरफाइनलमा

१५ पुष २०८२, मंगलवार १६:२०

काठमाडौं। एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ खिल्जी युवा क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार (पुस १५) च्याम्पियनसिपअन्तर्गत काठमाडौंको त्रिपुरेश्वरथित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेपछि समूह ‘बी’ को समूह विजेता बन्यो ।

योसँगै टोलीले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।  खेलमा खिल्जीले पहिलो, दोस्रो र तेस्रो खेलमा क्रमशः २५–१५, २५–१९ र २५–२३ को नतिजा निकालेको थियो ।

अब खिल्जीले सेमिफाइनलका निम्ति समूह ‘डी’को विजेतासँग खेल्नेछ ।

जितसँगै खिल्जीले समूह चरण पनि पूरा गरेको छ । समूह चरणमा दुई खेल खेलेको खिल्जी यसअघि पहिलो खेलमा नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्