Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

अनिश तामाङले जिते ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि

१५ पुष २०८२, मंगलवार १६:२४

काठमाडौं। ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि अनिश तामाङले जितेका छन् । सोमबार राति भएको ग्रान्ड फिनालेको एपिसोडमा नेपाली सेनामा आबद्ध उनी विजेता घोषित भएका हुन् ।

उपाधि विजेता तामाङलाई आज हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलसहितका अतिथिले पुरस्कार प्रदान गरेका छन् । उपाधिसँगै तामाङले १० लाख नगद र यामाहाको मोटरसाइकल प्राप्त गरेका छन् ।

त्यस्तै, उपविजेतामा रोजिता लामा घोषित भइन् । उनले एटआइटीएम कलेजबाट ६ लाख बराबरको शैक्षिक छात्रवृत्तिसहितका आकर्षक उपहार प्राप्त गरिन् ।

अझ रोचक के छ भने, दुवैजना फाइनलिस्ट ग्याङ लिडर अनुपविक्रम शाहीको समूहका हुन् । ग्याङ लिडरको रुपमा यो अनुपको ह्याट्रिक हो । गतवर्ष पनि अनुपकै समूहका जोसेफ शर्माले उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्