काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको निर्वाचन माघ २८ गते गर्ने निर्णय भएको छ ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले बुधबार बसेको बैठकमा वर्तमान कार्यसमितिको कार्यकाल सकिन चार महिना अघि नै निर्वाचन गर्ने गरि बैठकमा प्रस्ताव राखेका थिए ।
आगामी माघ २८ गते झापामा निर्वाचन गर्ने निर्णय भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
वर्तमान कार्यसमितिको कार्यकाल आगामी असार ६ गतेसम्म छ ।