Trending
शिभालीले एसिया-प्यासिफिक एलिट खेल्ने     |     दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी     |     ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक     |     भेनसलाई अस्ट्रेलियन ओपन वाइल्डकार्ड     |     एनभीए च्याम्पियनसिको फाइनलमा हेल्प नेपाल र आर्मी भिड्ने     |     हेल्प नेपाल एनभिए भलिबलको फाइनलमा     |     ईक्यान चुनावमा सुरज सिलवालले गरे सचिव पदमा उम्मेदवारी घोषणा     |     तामाङ सेलो गीत ‘हिमाली भेगैमा’ मा देखिए कैलाश कठायत र निरुता राई     |     सन् २०२५ मा १२८ पत्रकारको हत्या     |     तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना     |    
खेलकुद

हेल्प नेपाल एनभिए भलिबलको फाइनलमा

१८ पुष २०८२, शुक्रबार १९:५१

काठमाडौँ। नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सहज सेटमा हराउँदै हेल्प नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । हेल्प नेपालले पुलिसमाथि २५–२१, २५–२३ तथा २५–२२ ले जित निकाल्यो ।

त्यसैगरी, सोही मैदानमा आजै भएको महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटमा हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । पुलिसले आर्मीलाई २५–१२, २९–३१, २५–१४–२५–१८ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । रासस

प्रतिक्रिया दिनुहोस्