Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

एनभीए च्याम्पियनसिको फाइनलमा हेल्प नेपाल र आर्मी भिड्ने

१८ पुष २०८२, शुक्रबार १९:५४

काठमाडौं। साबिक विजेता हेल्प नेपालाई नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुनौती पेस गर्ने भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा रुकुम पश्चिमलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले हेल्प नेपालसँगको भेट पक्का गरेको हो।

सोही कोर्टमा शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै हेल्प नेपाल उपाधि रक्षानजिक पुगिसकेको छ।

तीन पाकिस्तानी खेलाडी खेलाएको रुकुम पश्चिमले भने आर्मीलाई चुनौती दिएको थियो। तर, अन्तत: आर्मीले खेलमा बाजी मार्‍यो।

पहिलो सेट आर्मीले २५–२० ले आफ्नो बनाएको थियो। तर, त्यसपछिका दुई सेट २३–२५ र १५–२५ ले गुमाउन पुग्यो। योसँगै खेलमा रुकुम पश्चिमले २–१ को अग्रता लिएको थियो। चौथो सेटमा जितनजिक पुगेर पनि रुकुम पश्चिम २६–२४ ले पराजित हुन पुग्यो।

योसँगै खेल पाँचौं सेटमा लम्बिनयो। तर, आर्मीले १५–१२ को जित हात पार्दै रुकुम पश्चिमलाई निराश बनायो।

प्रतिक्रिया दिनुहोस्