Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

म्यान्चेस्टर युनाइटेड लिड्ससँग बराबरीमा रोकियो

२० पुष २०८२, आईतवार २२:०६

काठमाडौँ। इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझ भएको खेलमा म्यान्चेस्टर युनाइटेड लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ ।

लिड्स युनाइटेडको गृह मैदान एलान्ड रोड रंगशालामा भएको खेलमा लिड्सले उत्कृष्ट खेल प्रदर्शन गर्दै युनाइटेडलाई १–१ गोलमा रोकेको हो । खेलमा लिड्सका तर्फबाट ब्रेन्डन आरोनसनले दोस्रो हाफको ६२औं मिनेटमा युनाइटेडका दुई डिफेन्डरलाई उछिन्दै सुन्दर गोल गरेका थिए ।

म्यान्चेस्टरमाथि निरन्तर दबाब सिर्जना गरे पनि युनाइटेडका स्थापनापन्न खेलाडी जेर्कीले दिएको सुन्दर पासलाई सदुपयोग गर्दै म्याथियस कुन्हाले ६५औं मिनेटमा गोल फर्काए ।
त्यसपछि पनि दुबै टिमबाट आक्रमण भए पनि थप गोल हुन सकेन । आजको खेलमा युनाइटेडका ब्रुनो फर्नान्डेज र बुमोजस्ता आक्रामक खेलाडी सहभागी थिएनन् ।

यो बराबरीसँगै म्यान्चेस्टर युनाइटेडले २० खेलबाट ३१ अंक जोड्दै अंक तालिकामा पाँचौं स्थानमा छ । युनाइटेडले पछिल्ला पाँच खेलमा ३ वटा बराबरी, एउटामा जित र एउटामा हार व्यहोरेको छ ।

उता, लिड्स युनाइटेडले २२ अंक जोडेर लिगको १६औं स्थानमा छ । आजै, लिभरपुल र फुलआम, ब्रेन्टफोर्ड र एभर्टन, म्यान्चेस्टर सिटी र चेल्सी, टोटेनह्याम र सन्डरल्यान्ड तथा न्यूक्यासल र क्रिस्टल प्यालेसबीच खेल हुँदैछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्