Trending
रास्वपा बारा–४ मा टिकट विवाद चर्कियो, मोहन शर्मा लामिछाने वैकल्पिक उम्मेदवारको रूपमा अगाडि     |     बालेन रास्वपाका वरिष्ठ नेतामा मनोनित, २६ नयाँ केन्द्रीय सदस्य थपिए     |     टी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा     |     म्यान्चेस्टर युनाइटेड लिड्ससँग बराबरीमा रोकियो     |     जिप दुर्घटनामा नौजना घाइते     |     टी–२० विश्वकप २०२६ खेल्ने नामिबियाको टोली घोषणा     |     नवौं एनभीएको महिलातर्फको उपाधि न्यु डाइमण्डलाई     |     सुपरहिट चलचित्र ‘१२ गाउँ’ अब डिशहोम गो मा हेर्न सकिने     |     क्यानको वार्षिक खेल तालिका सार्वजनिक     |     बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने     |    
खेलकुद

म्यान्चेस्टर युनाइटेड लिड्ससँग बराबरीमा रोकियो

२० पुष २०८२, आईतवार २२:०६

काठमाडौँ। इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझ भएको खेलमा म्यान्चेस्टर युनाइटेड लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ ।

लिड्स युनाइटेडको गृह मैदान एलान्ड रोड रंगशालामा भएको खेलमा लिड्सले उत्कृष्ट खेल प्रदर्शन गर्दै युनाइटेडलाई १–१ गोलमा रोकेको हो । खेलमा लिड्सका तर्फबाट ब्रेन्डन आरोनसनले दोस्रो हाफको ६२औं मिनेटमा युनाइटेडका दुई डिफेन्डरलाई उछिन्दै सुन्दर गोल गरेका थिए ।

म्यान्चेस्टरमाथि निरन्तर दबाब सिर्जना गरे पनि युनाइटेडका स्थापनापन्न खेलाडी जेर्कीले दिएको सुन्दर पासलाई सदुपयोग गर्दै म्याथियस कुन्हाले ६५औं मिनेटमा गोल फर्काए ।
त्यसपछि पनि दुबै टिमबाट आक्रमण भए पनि थप गोल हुन सकेन । आजको खेलमा युनाइटेडका ब्रुनो फर्नान्डेज र बुमोजस्ता आक्रामक खेलाडी सहभागी थिएनन् ।

यो बराबरीसँगै म्यान्चेस्टर युनाइटेडले २० खेलबाट ३१ अंक जोड्दै अंक तालिकामा पाँचौं स्थानमा छ । युनाइटेडले पछिल्ला पाँच खेलमा ३ वटा बराबरी, एउटामा जित र एउटामा हार व्यहोरेको छ ।

उता, लिड्स युनाइटेडले २२ अंक जोडेर लिगको १६औं स्थानमा छ । आजै, लिभरपुल र फुलआम, ब्रेन्टफोर्ड र एभर्टन, म्यान्चेस्टर सिटी र चेल्सी, टोटेनह्याम र सन्डरल्यान्ड तथा न्यूक्यासल र क्रिस्टल प्यालेसबीच खेल हुँदैछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्