काठमाडौँ । भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । एनपीएलमा राम्रो प्रदर्शन गरेका शेर मल्ल र बसिर अहमदले पनि टोलीमा स्थान बनाएका छन् ।
टी–२० विश्वकप ७ फेब्रुअरी देखि मार्च ८ सम्म सञ्चालन हुँदैछ । विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् ।