Trending
तेक्वान्दोका लामा प्रथम श्रेणीको पुम्से रेफ्रीमा बढुवा     |     वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण     |     वलिउड अभिनेता सञ्जय दत्तद्वारा पशुपतिनाथ दर्शन     |     नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित     |     एनकेएल प्लेयर ट्रायल्स आइतबारदेखि हुने     |     बाबुको पहिचान नखुलेकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला     |     रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक     |     विजयको फिल्म ‘जन नेता’को रिलिज मिति स्थगित     |     मन्त्री घिसिङले दिए राजीनामा     |     आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको सूची सार्वजनिक     |    
खेलकुद

नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित

२५ पुष २०८२, शुक्रबार १७:२३

काठमाडौं। आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन बनाइन् । त्यसैगरी कविता कुँवरले अविजित २९ रन जोड्दा कप्तान इन्दु बर्माले २८ तथा कविता जोशीले २२ रन बनाइन् । स्कटल्यान्डका लागि डार्शी कार्टरले तीन विकेट लिइन् भने क्याथरिन ब्रिस, ओलिभिया बेल र चोल अबेलले समान एकरएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो । उसका लागि क्याथरिन ब्रिसले २८ बलमा अविजित ६२ रन बनाइन् । त्यस्तै प्रियानाज चटर्जीले अविजित ४० रन बनाइन् ।

नेपालका लागि रुबिना क्षेत्री र कविता कुँवरले समान दुई÷दुई विकेट लिइन् भने रिया शर्मा र रचना चौधरीले समान एक÷एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्