Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित

२५ पुष २०८२, शुक्रबार १७:२३

काठमाडौं। आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन बनाइन् । त्यसैगरी कविता कुँवरले अविजित २९ रन जोड्दा कप्तान इन्दु बर्माले २८ तथा कविता जोशीले २२ रन बनाइन् । स्कटल्यान्डका लागि डार्शी कार्टरले तीन विकेट लिइन् भने क्याथरिन ब्रिस, ओलिभिया बेल र चोल अबेलले समान एकरएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो । उसका लागि क्याथरिन ब्रिसले २८ बलमा अविजित ६२ रन बनाइन् । त्यस्तै प्रियानाज चटर्जीले अविजित ४० रन बनाइन् ।

नेपालका लागि रुबिना क्षेत्री र कविता कुँवरले समान दुई÷दुई विकेट लिइन् भने रिया शर्मा र रचना चौधरीले समान एक÷एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्