Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

वलिउड अभिनेता सञ्जय दत्तद्वारा पशुपतिनाथ दर्शन

२५ पुष २०८२, शुक्रबार १७:२८

काठमाडौं। वलिउड अभिनेता सञ्जय दत्त (सञ्जु) ले पशुपतिनाथमा विशेष पूजा गरेका छन् । शुक्रबार उनले पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजा गरेका हुन् ।

उनलाई पशुपतिमा कोषका अधिकारीहरूले स्वागत समेत गरेका थिए । बिहीबार केशरमहलस्थित होटल बाराहीको हाताभित्र सञ्चालित क्यासिनो बादशाहको उद्घाटन गर्न उनी काठमाडौं आएका थिए ।

उनले हिजो नै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट गरेका थिए । पशुपति दर्शनपछि उनी आजै दिल्ली फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्