Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

तेक्वान्दोका लामा प्रथम श्रेणीको पुम्से रेफ्रीमा बढुवा

२५ पुष २०८२, शुक्रबार २१:२४

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तेक्वान्दो सहायक मुख्य प्रशिक्षक नोर्बु लामा पहिलो नेपाली प्रथम श्रेणीको अन्तराष्ट्रिय पुम्से रेफ्री बनेका छन् ।

सन् २०१० मा अन्तर्राष्ट्रिय रेफ्रिको दोस्रो श्रेणीमा बढुवा भएका लामा २०२५ को डिसेम्बर ३१ तारिखमा प्रथम श्रेणीमा बढुवा भएका हुन् ।

अन्तर्राष्ट्रिय रेफ्रीमा दोस्रो श्रेणीबाट प्रथम श्रेणीमा बढुवा हुन विश्व तेक्वान्दो महासंघको नियमा अनुसार जी– १ तथा जी– २ अन्तर्राष्ट्रिय प्रतियोगिता र अन्तराष्ट्रिय रेफ्री रिफ्रेसर कोर्षमा सहभागी भई ८ अंक प्राप्त गर्नु पर्नेछ ।

उक्त ८ अंक प्राप्त गर्न लामाले अस्ट्रेलिया, दक्षिण कोरिया, दुवई, मलेसिया, हङकङ, भारत र इन्डोनेसियमा भएको जी–२ प्रतियोगिता एवं रिफ्रेसर कोर्षमा सहभागी भएको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन् ।

लामाले २०२२ मा कोरियमा सम्पन्न विश्व पुम्से तेक्वान्दो प्रतियोगितामा समेत निर्णायको भूमिका निर्वाह गरेको थिए । काभ्रेका लामाले २०४५ सालदेखि तेक्वान्दो सुरु गरी विश्व तेक्वान्दो हेडक्वाटरबाट ७औं डान ब्ल्यक्बेल्ट प्राप्त गरेका छन् ।

लामाले इन्डोनेसियमा भएको १८ औं एसियाली खेलकुद तथा सन् २०१० मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपाली राष्ट्रिय तेक्वान्दो पुम्से टिमको प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । १३ औं सागमा तेक्वान्दोले जितेको कुल १२ स्वर्ण मध्ये ७ स्वर्ण पदक पुम्से विद्याबाट प्राप्त भएको थियो ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले लामालाई सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको कार्यालयमा प्रमाण पत्र प्रदान गर्दै बधाइ दिए ।

सो अवसरमा राखेपका सदस्य कुमार लामा घिसिङ, संघका महासचिव हेमन्त डाँगी, सदस्य टिकाप्रसाद लिम्बुलगायतको उपस्थित रहेको थिए ।

प्रतिक्रिया दिनुहोस्