Trending
खिजिदेम्बाको काखमा ‘ऐना जस्तै हिमाल हेर्दा’ सार्वजनिक     |     तेक्वान्दोका लामा प्रथम श्रेणीको पुम्से रेफ्रीमा बढुवा     |     वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण     |     वलिउड अभिनेता सञ्जय दत्तद्वारा पशुपतिनाथ दर्शन     |     नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित     |     एनकेएल प्लेयर ट्रायल्स आइतबारदेखि हुने     |     बाबुको पहिचान नखुलेकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला     |     रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक     |     विजयको फिल्म ‘जन नेता’को रिलिज मिति स्थगित     |     मन्त्री घिसिङले दिए राजीनामा     |    
कला र मनोरन्जन

खिजिदेम्बाको काखमा ‘ऐना जस्तै हिमाल हेर्दा’ सार्वजनिक

२६ पुष २०८२, शनिबार १९:४६

काठमाडौँ। कोशी प्रदेशको ओखलढुङ्गा जिल्लामा अवस्थित खिजिदेम्बा गाउँपालिकाका विभिन्न पर्यटकिय स्थानहरुमा छायांकन गरिएको गायिका मनमाया पङ्गेनीको नयाँ गीत ” ऎना जस्तै हिमाल हेर्दा” उत्कृष्ट म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

गायिका स्वयंकै शब्द रचना रहेको उक्त गीतमा वरिष्ठ संगीतकार राजकुमार बगरको संगीत रहेको छ भने कमल सौरागको संगित संयोजन रहेको छ ।

एभरेष्ट ग्यालरीले निर्माण गरेको उक्त म्युजिक भिडियोमा सदाबहार मोडल/ कलाकार सनम कठायत र पुनम श्रेष्ठको अभिनय रहेको छ भने छायांकन दिपक गिरि र सम्पादन विकास दाहालको रहेको छ ।

नेपाल सरकारकी सहसचिव समेत रहनु भएकी गायिका मनमाया पंगेनीको अफिसियल युट्युवबाट सार्वजनिक भएको उक्त म्युजिक भिडियो सर्वत्र चर्चा बटुल्न सफल भएको छ ।

एभरेष्ट ग्यालरीको प्रचारप्रसारको राष्ट्रिय अभियान दृश्यमा नेपाल अन्तर्गत छायांकन गरिएको उक्त म्युजिक भिडियोले छायांकन स्थल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका क्षेत्रको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारमा टेवा पुग्ने कुरामा निर्माण कम्पनी विश्वस्त रहेको छ ।

यसै गरि नेपाल चलचित्र विकास बोर्डले समेत छायांकनका लागि उपयुक्त नेपालका विभिन्न नविनतम गन्तव्यहरुको पहिचान गरि आवश्यक प्रचारप्रसारका साथै छायांकनका कार्यहरुमा सहजीकरण गर्ने अभियान समेत थालेको छ ।

प्रतिक्रिया दिनुहोस्