Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

विश्वकप ग्लोबल क्वालिफार्यसमा आयरल्यान्डको विजयी सुरुवात

५ माघ २०८२, आईतवार २२:१०

काठमाडौं। आयरल्यान्डले पपुवा न्युगिनी (पीएनजी)लाई हराउँदै आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसमा विजयी सुरुवात गरेको हो।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको समूह ए अन्तर्गतको दोस्रो खेलमा आयरल्यान्डले पीएनजीलाई ४१ रनले हराउँदै विजयी सुरुवात गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। आयरल्यान्डले दिएको १४७ रनको विजयी लक्ष्य पछ्याएको पीएनजीले २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रन मात्रै बनायो।

पीएनजीका लागि ओपनर ब्याटर होलान डोरियाले सर्वाधिक १९ रन बनाइन्। उनले २८ बलमा २ चौका प्रहार गरिन्। अर्की ओपनर कोनियो ओएलाले १६, कप्तान ब्रेन्दा ताउले १३ रन बनाइन्। शिबोना जिम्मीले १५ रन बनाउँदा हिनाओ थोमस १० र इसावेल तोउवा १६ रनमा अविजित रहे।

आयरल्यान्डका लागि बलिङतर्फ अर्लिन केलिले २ विकेट लिइन्। जेन मग्र्योर, एमी मग्र्योर र लौरा डिलानेले १–१ विकेट लिइन्।

त्यसअघि, ब्याटिङ गरेको आयरल्यान्डका लागि ओरला प्रेन्डरगास्टले सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेलिन्। उनले ४४ बलमा ४ चौका र २ छक्का प्रहार गरिन्। कप्तान ग्याबी लुइसले ४२ रन बनाइन्। लिया पलले १६, लौरा डिलानेले १२ र रेबिक्का स्टोकेलले १० रन बनाइन्।
पीएनजीका लागि हाने लोहिया ताउले सर्वाधिक ४ विकेट लिइन्। मारिया टम र पाउके सियकाले १–१ विकेट लिइन् ।

यससँगै ग्लोबल क्वालिफार्यसको पहिलो दिनको ४ खेल सकिएको छ। समूह ‘ए’बाट आयरल्यान्ड र बंगलादेशले विजयी सुरुवात गरेका छन्। समूह ‘बी’बाट थाइल्यान्ड र नेदरल्यान्ड्सले अंक सहित सुखद् सुरुवात गरे।

प्रतिक्रिया दिनुहोस्