Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक

१७ आश्विन २०८१, बिहीबार १३:३८

काठमाडौं। असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ।

ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक ट्रेलर फिल्मका पात्र जितु नेपाल वरपर घुमेको छ। ट्रेलरमा कमेडीसँगै पीडा पनि देखाइएको छ।

ट्रेलर फिल्मका प्रमुख पात्र जितु नेपाल वरपर घुमेको छ । आफ्नो विवाह नगरिदिएर बुवाले आफैं बिहे गरेपछि रिसाएका जितुको विवाह गर्ने यात्रालाई ट्रेलरमा स्थान दिइएको छ ।

ट्रेलरमा फिल्मकी नायिका निती शाहसँग विवाह गर्न तयार युवाले विभिन्न प्रतिस्पर्धा गरेको देखाइएको छ । जसमा भारी बोक्ने, चिया पकाउने, लुगा धुनेलगायतका प्रतियोगिता समेटिएका छन् । ट्रेलरमा फिल्मका कलाकारहरु जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरेलगायतका कलाकारलाई स्थान दिइएको छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्