Trending
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक     |     बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा     |     एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित     |     नेपाल नेदरल्याण्ड्ससँग पराजित     |     सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?     |     कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय     |     इरान–अमेरिका तनाव चर्कियो     |     सुर्खेतदेखि अमेरिकासम्मको स्मृतिसंग्रह ‘घाटगाउँ’ विमोचन     |     भारतलाई हराउँदै एकदिवसीय शृंखला न्युजिल्यान्डले जित्यो     |     राष्ट्रिय लिग फुटबलमा आज ३ खेल हुँदै     |    
खेलकुद

एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित

९ माघ २०८२, बिहीबार १४:२५

काठमाडौं। एन्फा राष्ट्रिय पुरुष लिग फुटबल प्रतियोगितामा नेपाल एपीएफ क्लवले चर्च ब्वाइजमाथि सहज जित हासिल गरेको छ ।

बिहीबार ललितपुरको च्यासलस्थीत च्यासल मैदानमा भएको खेलमा एपीएफले चर्च ब्वाइजलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

एपीएफको जितमा समिराज थोकरले खेलको २२ औँ मिनेट, प्रदीप लामाले ३८ औँ मिनेट र युवाराज खड्काले खेलको ६० र ७७ औँ मिनेटमा गोल गरेका थिए ।

चर्च ब्वाइजका तर्फबाट एक मात्र गोल मिलन राजले खेलको ८२ मिनेटमा गरेका थिए । जितसँगै एपीएफको दुई खेलबाट ६ अंक भएको छ भने समान खेल खेलेको चर्च व्वाइजको १ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्