Trending
नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |     कानुन सुधारसँगै विकास र लगानीलाई गति दिन्छौँ : मन्त्री लम्साल     |     वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै     |     कर्णालीको मनमोहक दृश्यमा ‘साँची राखी माया मेरो’ सार्वजनिक     |     मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ : अध्यक्ष ओली     |     विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी     |     भोटेकोसी–त्रिशूली विपद् समिति सभापतिमा पराजुलीले लिए शपथ     |    
खेलकुद

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

९ माघ २०८२, बिहीबार १४:३०

काठमाडौं। बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्स फाइनल पुगेको छ।

तालिकाको शीर्ष स्थानमा रहेर पनि पहिलो क्वालिफायरमा पराजित भएको सन्दीपको टिम दोस्रो क्वालिफायरमा विजयी हुँदै फाइनल पुगेको हो।

पहिलो क्वालिफायरमा चटगाउँ रोयल्सँग ६ विकेटले पराजित भएको वारियर्सले दोस्रो क्वालिफायरमा सिलेट टाइटन्सलाई १२ रनले हराउँदै फाइनल प्रवेश गरेको हो।

अब सन्दीपको टिमले फाइनलमा शुक्रबार पहिलो क्वालिफायरमा आमनेसामने भएको टिम चटगाउँसँग प्रतिस्पर्धा गर्नैछ।पहिलो क्वालिफायरको हारको बदला लिएमा वारियर्सले उपाधि उचाल्ने छ।

फाइनल प्रतिस्पर्धा शुक्रबार साँझ ५ः४५ बजे बंगलादेशको मिरपुरमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्