Trending
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |     लुम्बिनी प्रदेश सभा सदस्यको पदमुक्त गर्ने निर्णयप्रति जसपाको आपत्ति     |     शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल     |     माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा     |     रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने     |     ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह     |     ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज     |     बिर्तामोडमा भदौ २७ देखि ‘युवा कलाकार अभिनय प्रशिक्षण’, कलाकारले सिक्नेछन् अभिनयका विविध सीप     |    
खेलकुद

अन्तिम अभ्यास खेलमा नेपालको जित

११ माघ २०८२, शनिबार १६:२२

काठमाडौं। आइसीसी पुरुष टी–२० विश्वकपको तयारीका क्रममा श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा जित निकालेको छ।

नेपालले श्रीलंका ‘ए’ टोलीलाई ७ विकेटले पराजित गरेको हो। यसअघि खेलेका दुवै अभ्यास खेलमा पराजित भएको नेपालले अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो।

श्रीलंका ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि कुशल मल्लले ३५ बलमा ४९ रनको महत्वपूर्ण इनिङ खेले।

उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तिममा विजयी चौका प्रहार गर्दै १५ बलमा २२ रनमा अविजित रहे। आरिफ शेखले २२ बलमा २४ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले १९ रन जोडे। ओपनर आशिफ शेख ११ रनमा आउट भए।

प्रतिक्रिया दिनुहोस्