Trending
किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |     आयोजक फेरिल्यान्डको सफल सुरुआत     |     चेस पजल सोल्भिङ कन्टेस्टमा २१ जनाको प्रतिस्पर्धा     |     शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा     |     रेशम चौधरी चुनाव लड्न नपाउने     |     प्रलोपा नेता सन्तोष परियारले गरे विवाह     |     एनआरटीको कठिन जित     |     सलमान खानको ‘ब्याटल अफ गलवान’को गीत सार्वजनिक     |     अन्तिम अभ्यास खेलमा नेपालको जित     |     हुम्लामा हिमपात, जनजीवन प्रभावित     |    
खेलकुद

एनआरटीको कठिन जित

१२ माघ २०८२, आईतवार १६:५४

काठमाडौं। शीर्ष डिभिजन क्लब न्युरोड टिम (एनआरटी)ले राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबविरुद्ध १–० को कठिन जित निकालेको छ ।

आइतबार (माघ ११) सातदोबाटोस्थित एन्फा मुख्यालयमा एनआरटीलाई जित दिलाउन आशिष गुरुङ निर्णायक बने । खेलको ६७औँ मिनेटमा आशिषले दिलाएको अग्रतालाई अन्तिम मिनेटसम्म जोगाउँदै एनआरटीले जित हासिल गरेको हो ।

यो जितसँगै एनआरटीले लिगमा नौ अंक जोडेको छ । एनआरटीले चार खेल खेल्दा तीन जित र एक हारसहित यो नतिजा आत्मसात् गरेको हो । पराजित फ्रेन्ड्सको सात अंक छ ।

प्रतिक्रिया दिनुहोस्