Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

रियलको रोमाञ्चक जित

१३ माघ २०८२, सोमबार ०८:१४

लन्डन। स्पेनिस ला लिगाको खेलमा किलियन एमबाप्पेको सानदार प्रदर्शनको मद्दतले रियल मेड्रिडले भिल्लारियललाई उसैको मैदान ‘एस्टाडियो दे ला सेरामिका’ मा २–० गोलअन्तरले पराजित गरेको छ ।

खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक रहे पनि २०औँ मिनेटमा युवा स्टार आर्दा गुलरले गोल गर्ने सुवर्ण अवसर गुमाएका थिए, जसको प्रहार सिधै भिल्लारियलका गोलरक्षक लुइज जुनियरको हातमा पुगेको थियो ।

दोस्रो हाफको सुरुवातमै रियलले आक्रामक रणनीति अपनायो । खेलको ४७औँ मिनेटमा भिनिसियस जुनियरको उत्कृष्ट मुभपछि प्राप्त रिबाउन्ड बललाई सदुपयोग गर्दै किलियन एमबाप्पेले टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछिको समयमा दुवै टोलीले केही सुन्दर अवसरहरू सिर्जना गरे पनि गोल हुन सकेन । खेलको अन्तिम समयमा एमबाप्पेमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएपछि रियलले पेनाल्टीको अवसर पायो । इन्जुरी समयको चौथो मिनेटमा एमबाप्पेले पेनाल्टीलाई गोलमा परिणत गर्दै व्यक्तिगत दोस्रो गोल पूरा गरे र टोलीको जित सुनिश्चित गरे ।

प्रतिक्रिया दिनुहोस्