Trending
शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित     |     महिला टी-२० विश्वकप छनोट : जित्नैपर्ने दबाबका साथ स्कटल्यान्डको सामना गर्दै नेपाल     |     क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित     |     रियलको रोमाञ्चक जित     |     किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |     आयोजक फेरिल्यान्डको सफल सुरुआत     |     चेस पजल सोल्भिङ कन्टेस्टमा २१ जनाको प्रतिस्पर्धा     |     शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा     |     रेशम चौधरी चुनाव लड्न नपाउने     |     प्रलोपा नेता सन्तोष परियारले गरे विवाह     |    
खेलकुद

रियलको रोमाञ्चक जित

१३ माघ २०८२, सोमबार ०८:१४

लन्डन। स्पेनिस ला लिगाको खेलमा किलियन एमबाप्पेको सानदार प्रदर्शनको मद्दतले रियल मेड्रिडले भिल्लारियललाई उसैको मैदान ‘एस्टाडियो दे ला सेरामिका’ मा २–० गोलअन्तरले पराजित गरेको छ ।

खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक रहे पनि २०औँ मिनेटमा युवा स्टार आर्दा गुलरले गोल गर्ने सुवर्ण अवसर गुमाएका थिए, जसको प्रहार सिधै भिल्लारियलका गोलरक्षक लुइज जुनियरको हातमा पुगेको थियो ।

दोस्रो हाफको सुरुवातमै रियलले आक्रामक रणनीति अपनायो । खेलको ४७औँ मिनेटमा भिनिसियस जुनियरको उत्कृष्ट मुभपछि प्राप्त रिबाउन्ड बललाई सदुपयोग गर्दै किलियन एमबाप्पेले टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछिको समयमा दुवै टोलीले केही सुन्दर अवसरहरू सिर्जना गरे पनि गोल हुन सकेन । खेलको अन्तिम समयमा एमबाप्पेमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएपछि रियलले पेनाल्टीको अवसर पायो । इन्जुरी समयको चौथो मिनेटमा एमबाप्पेले पेनाल्टीलाई गोलमा परिणत गर्दै व्यक्तिगत दोस्रो गोल पूरा गरे र टोलीको जित सुनिश्चित गरे ।

प्रतिक्रिया दिनुहोस्