Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

साफ महिला यू- १९ च्याम्पियनसिपको तयारी पूरा

१६ माघ २०८२, बिहीबार १६:४०

काठमाडौँ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू- १९ च्याम्पियनसिपको तयारी पूरा भएको छ।

बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पोखरामा आयोजना हुने प्रतियोगिता माघ १७ देखि २४ गतेसम्म हुनेछ।

एन्फाको अनुसार प्रतियोगितामा सहभागी हुने सबै टोली नेपाल आइपुगिसकेका छन्। प्रतियोगितामा आयोजक राष्ट्र नेपालसहित भारत, भुटान र बंगालदेश छन्।

पोखराको पोखरा रगंशालमा हुने सो प्रतियोगिताको टिकट साधारण प्याराफिटतर्फ २०० र भीआईपी प्याराफिटतर्फ ५०० रुपैयाँ छ।

एन्फाको अनुसार प्रतियोगिताको अनुमानित बजेट दुई करोड ४५ लाख १५ हजार २९० रुपैयाँ रहेको छ। प्रतियोगितको सबै खेलहरु स्पोर्ट्सवर्क्जको युट्युब च्यानलबाट प्रसारण हुनेछ।

प्रतिक्रिया दिनुहोस्