Trending
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा देशवासीका नाममा सम्बोधन     |     प्रधानमन्त्री बालेन शाह शीतल निवासमा     |     विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |     कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण     |     महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने     |     सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, सांगीतिक माहोलमा गुन्जिए रामकृष्ण ढकाल     |     चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा     |    
खेलकुद

आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित

१७ माघ २०८२, शुक्रबार २०:३७

काठमाडौं। आयोजक दि एक्सेल्सियर स्कुल र रेडियन्ट पब्लिकले १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार दोहोरो जित हात पारेका छन् । एक्सेल्सियर र रेडियन्ट सिनियर ब्वाइज र गर्ल्समा विजयी भए ।

सिनियर ब्वाइजमा एक्सेल्सयरले स्वर्णिमलाई ३९–३५ ले पराजित गर्‍यो । एक्सेल्सियरका अंश श्रेष्ठले १६ स्कोर गरे । सिनियर गर्ल्समा एक्सेल्सियरले स्वर्णिमलाई नै १८–१३ ले हरायो । एक्सेल्सियरकी आकर्षी पौडेलले ९ अंक जोडिन् ।

सिनियर ब्वाइजमा रेडियन्टले राराहिललाई ४६–३९ ले हरायो । यस्तै संस्कृति इन्टरनेसनलले बाल दीक्षा सदनलाई ३३–३१ र पुष्पसदनले एलआरआईलाई ४१–१० ले पराजित गर्‍यो । रेडियन्टका सुगम राना मगरले १४, संस्कृतिका अभिग्न श्रेष्ठले १२ र पुष्पसदनका सम्राट लामाले १६ अंक जोडे ।

सिनियर गर्ल्समा रेडियन्ट पब्लिकले न्यु जेनिथलाई २६–३ तथा रिब्सले बाल दीक्षालाई ३०–६ ले सहजै पन्छाए । रेडियन्टकी सोनु तामाङ तथा रिब्सकी सिस्का थापाले समान १०–१० अंक बटुले ।

फुटसल

एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा जोन डेवीले कोहिनुरलाई ३–१ तथा न्यु एरा एकेडेमीले एक्सेल्सियर (नीलो) लाई १–० गोलले पराजित गरे । स्वस्तिश्री गुरुकुल र कोहिनुरले २–२ गोलको बराबरी खेले भने न्यु एरा र बाल दीक्षबीचको खेल गोलरहित बराबरीमा टुंगियो ।

यु–१३ मा एलआरआईले न्यु एरालाई ३–१ तथा न्यु एराले एक्सेल्सियर (नीलो) ३–१ गोलले पाखा लगाए । बाल दीक्षा र होली भिजनले २–२ गोलको बराबरी खेले ।

यु–१६ मा ह्वाइट हेभेन एकेडेमीले बाल दीक्षालाई २–१ र एक्सेल्सियर (यल्लो) लाई ४–० तथा न्यु एराले ह्वाइट हेभेनलाई ५–१ र एक्सेल्सियर (यल्लो) लाई २–१ गोलले पाखा लगाए । यु–९ मा एक्सेल्सियर (नीलो) र कोहिनुरले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्