Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
खेलकुद

आयरल्यान्डसँग थाइल्यान्ड पराजित

१९ माघ २०८२, आईतवार १६:२१
काठमाडौँ। आईसिसी महिला टी(२०) विश्वकप ग्लोबल छनोट प्रतियोगिता अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा सम्पन्न सुपर सिक्स चरणको खेलमा आयरल्यान्डले थाइल्यान्डमाथि ६२ रनको जित हासिल गर्दै छनोट प्रतियोगिता टुङ्ग्याएको छ । टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले २० ओभरमा आठ विकेट गुमाउँदै १२१ रनको मध्यम योगफल बनाएको थियो । त्यसमा गाबी लेउसले २५ तथा एमी हन्टर र ओर्ला पेन्डरगस्टले २४÷२४ रनको योगदान गरेका थिए । प्रति ओभर करिब छ को आवश्यक रन रेटसहित ब्याटिङमा उत्रिएको थाइल्यान्डले छ दशमलव एक ओभरमा सबै विकेट गुमाएर मात्र ५९ रन बटुल्न सक्यो । कप्तान नारुमोल चाइवाइले २२ रन र नान्नपत कोन्चारनले १५ बनाउनु बाहेक कुनै पनि थाइ ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् भने चार जना ब्याटर शून्यमा आउट भए । थाइल्यान्डलाई सस्तैमा समेटन आयरल्यान्डकी आर्लेन केलीले चार र लारा म्याक ब्राइडले तीन विकेट लिइन । आयरल्यान्ड आजको खेलअघि नै विश्व कपमा छनोट भइसकेको हो ।

प्रतिक्रिया दिनुहोस्