Trending
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा देशवासीका नाममा सम्बोधन     |     प्रधानमन्त्री बालेन शाह शीतल निवासमा     |     विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |     कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण     |     महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने     |     सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, सांगीतिक माहोलमा गुन्जिए रामकृष्ण ढकाल     |     चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा     |    
खेलकुद

आयरल्यान्डसँग थाइल्यान्ड पराजित

१९ माघ २०८२, आईतवार १६:२१
काठमाडौँ। आईसिसी महिला टी(२०) विश्वकप ग्लोबल छनोट प्रतियोगिता अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा सम्पन्न सुपर सिक्स चरणको खेलमा आयरल्यान्डले थाइल्यान्डमाथि ६२ रनको जित हासिल गर्दै छनोट प्रतियोगिता टुङ्ग्याएको छ । टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले २० ओभरमा आठ विकेट गुमाउँदै १२१ रनको मध्यम योगफल बनाएको थियो । त्यसमा गाबी लेउसले २५ तथा एमी हन्टर र ओर्ला पेन्डरगस्टले २४÷२४ रनको योगदान गरेका थिए । प्रति ओभर करिब छ को आवश्यक रन रेटसहित ब्याटिङमा उत्रिएको थाइल्यान्डले छ दशमलव एक ओभरमा सबै विकेट गुमाएर मात्र ५९ रन बटुल्न सक्यो । कप्तान नारुमोल चाइवाइले २२ रन र नान्नपत कोन्चारनले १५ बनाउनु बाहेक कुनै पनि थाइ ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् भने चार जना ब्याटर शून्यमा आउट भए । थाइल्यान्डलाई सस्तैमा समेटन आयरल्यान्डकी आर्लेन केलीले चार र लारा म्याक ब्राइडले तीन विकेट लिइन । आयरल्यान्ड आजको खेलअघि नै विश्व कपमा छनोट भइसकेको हो ।

प्रतिक्रिया दिनुहोस्