Trending
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ     |     म्यान्चेस्टर युनाइटेडको लगातार तेस्रो जित     |     महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न     |     पाकिस्तानद्वारा अस्ट्रेलिया १११ रनले पराजित     |     भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |    
खेलकुद

पाकिस्तानद्वारा अस्ट्रेलिया १११ रनले पराजित

१९ माघ २०८२, आईतवार २२:०१

काठमाडौँ। पाकिस्तान भ्रमणमा रहेको अस्ट्रेलियाली टिम तेस्रो तथा अन्तिम टी२० क्रिकेटमा पनि पाकिस्तानसँग नराम्रोसँग पराजित भएको छ । दोस्रो खेलमा पनि अस्ट्रेलिया ९० रनले हारेको थियो ।

लाहोरमा भएको दिवारात्रि खेलमा पाकिस्तानसँग अस्ट्रेलिया १११ रनको फराकिलो अन्तरले पराजित भयो । यो जितसँगै पाकिस्तानले शृंखला कब्जा गरेको छ ।

२०८ रनको विजयी लक्ष पछ्याएको अस्ट्रेलिया १६.५ ओभरमा ९६ रनमै समेटिएको थियो । टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले अविजित ५० रन, साइम आयूबले ५६ तथा सदाब खानले ४६ रन बनाएका थिए ।

टी–२० विश्वकपको तयारी स्वरुप भएको यस खेलमा अस्ट्रेलियाले नयाँ खेलाडीलाई अवसर दिएको थियो । अस्ट्रेलियाका लागि क्यामरुन ग्रीनले २२ र मार्कस स्टोइनिसले २३ रन बनाउनु बाहेक अरुले रन बनाएका थिएनन ।

पाकिस्तानका लागि मोहम्मद नवाजले ५ विकेट लिएका थिए । यस्तै, शाहीन शाह अफ्रिदीले २, अब्रार अहमद र नसीम शाहले एक एक विकेट लिएका थिए ।

यसअघि लाहोरमा भएको पहिलो टी–२० मा पाकिस्तानले अस्ट्रेलियालाई २२ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्