Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

पाकिस्तानद्वारा अस्ट्रेलिया १११ रनले पराजित

१९ माघ २०८२, आईतवार २२:०१

काठमाडौँ। पाकिस्तान भ्रमणमा रहेको अस्ट्रेलियाली टिम तेस्रो तथा अन्तिम टी२० क्रिकेटमा पनि पाकिस्तानसँग नराम्रोसँग पराजित भएको छ । दोस्रो खेलमा पनि अस्ट्रेलिया ९० रनले हारेको थियो ।

लाहोरमा भएको दिवारात्रि खेलमा पाकिस्तानसँग अस्ट्रेलिया १११ रनको फराकिलो अन्तरले पराजित भयो । यो जितसँगै पाकिस्तानले शृंखला कब्जा गरेको छ ।

२०८ रनको विजयी लक्ष पछ्याएको अस्ट्रेलिया १६.५ ओभरमा ९६ रनमै समेटिएको थियो । टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले अविजित ५० रन, साइम आयूबले ५६ तथा सदाब खानले ४६ रन बनाएका थिए ।

टी–२० विश्वकपको तयारी स्वरुप भएको यस खेलमा अस्ट्रेलियाले नयाँ खेलाडीलाई अवसर दिएको थियो । अस्ट्रेलियाका लागि क्यामरुन ग्रीनले २२ र मार्कस स्टोइनिसले २३ रन बनाउनु बाहेक अरुले रन बनाएका थिएनन ।

पाकिस्तानका लागि मोहम्मद नवाजले ५ विकेट लिएका थिए । यस्तै, शाहीन शाह अफ्रिदीले २, अब्रार अहमद र नसीम शाहले एक एक विकेट लिएका थिए ।

यसअघि लाहोरमा भएको पहिलो टी–२० मा पाकिस्तानले अस्ट्रेलियालाई २२ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्