Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न

१९ माघ २०८२, आईतवार २२:०४

काठमाडौँ। आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सम्पन्न भएको छ ।

आज त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा सुपर सिक्स चरणको अन्तिम खेलमा स्कटल्यान्डले संयुक्त राज्य अमेरिकालाई ४१ रनले पराजित गरेसँगै प्रतियोगिता सम्पन्न भएको हो ।

यससँगै आगामी वर्ष बेलायत र वेल्समा आयोजना हुने विश्वकप खेल्ने चार टोलीको टुङ्गो लागेको छ । चार टोलीमा बङ्गलादेश, आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्ड रहेको छन् ।

आज सुरुमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७८ रन बनाएको थियो । यसका लागि डारकेइ कार्टरले सर्वाधिक ५२ तथा अलिसा लिस्टरले ४३ रन बनाएकी थिइन् ।

जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले १९ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो । छनोट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोली भने समूह चरणका चार खेलमध्ये तीनमा हार र एकमा जितको नतिजा निकाल्दै समूह ‘बी’ का पाँच देशमध्ये चौथो स्थानमा रह्यो ।

नेपालसहित १० देशका महिला टोली सहभागी प्रतियोगितामा त्रिवि क्रिकेट रङ्गशाला र मूलपानी क्रिकेट मैदानमा गरी २९ खेल भएका थिए ।

बङ्गलादेशकी कप्तान ज्योति सुल्ताना ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भइन् भने प्रतियोगितामा स्कटल्यान्डकी ग्याबि लुइस उत्कृष्ट ब्याटर तथा अमेरिकी तारा नोरिश उत्कृष्ट बलर घोषित भइन् ।

प्रतियोगिताका चारवटै खेल जितेर १० अङ्क हासिल गरेको बङ्गलादेशले ट्रफी प्राप्त गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्