Trending
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ     |     म्यान्चेस्टर युनाइटेडको लगातार तेस्रो जित     |     महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न     |     पाकिस्तानद्वारा अस्ट्रेलिया १११ रनले पराजित     |     भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |    
खेलकुद

म्यान्चेस्टर युनाइटेडको लगातार तेस्रो जित

१९ माघ २०८२, आईतवार २२:१०

काठमाडौँ। इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझ भएको म्यान्चेस्टर युनाइटेडले फुलह्यामलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।

यो जित सहित युनाइटेडले लिगमा लगातार तीन खेल जितको रेकर्ड बनाएको छ । युनाइटेडले पछिल्ला पाँच खेलमा ३ जित र २ बराबरी खेल्दै लिगमा ४१ अंक सहित चौथो स्थानमा उक्लेको छ ।

युनाइटेडका लागि १९औं मिनेटमा कासेमिरोले पहिलो गोल गरेका थिए । ५६औं मिनेटमा म्याथिस कुन्हाले दोस्रो गोल गरेर टिमलाई जितको नजिक पुर्याएका थिए ।

तर फुलह्यामका लागि राउल जिमेनेजले ८५औं तथा ९१औं मिनेटमा केभिनले गोल गरेर बराबरीमा ल्याएका थिए ।

तर नाटकीय ढंगबाट युनाइटेडका लागि बेन्जामिन सेस्कोले ९४औं मिनेटमा गोल गरेर टिमलाई ३–२ ले जित दिलाए ।

फुलह्याम भने ३४ अंक सहित लिगमा आठौं स्थानमा छ ।

आजै भएका अन्य खेलमा क्रिस्टल प्यालेस र नटिङघम फरेस्टबीच १–१ को बराबरी भयो भने एस्टन भिल्ला ब्रेन्टफोर्डसँग १–० गोलले पराजित भयो ।

प्रतिक्रिया दिनुहोस्