Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

म्यान्चेस्टर युनाइटेडको लगातार तेस्रो जित

१९ माघ २०८२, आईतवार २२:१०

काठमाडौँ। इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझ भएको म्यान्चेस्टर युनाइटेडले फुलह्यामलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।

यो जित सहित युनाइटेडले लिगमा लगातार तीन खेल जितको रेकर्ड बनाएको छ । युनाइटेडले पछिल्ला पाँच खेलमा ३ जित र २ बराबरी खेल्दै लिगमा ४१ अंक सहित चौथो स्थानमा उक्लेको छ ।

युनाइटेडका लागि १९औं मिनेटमा कासेमिरोले पहिलो गोल गरेका थिए । ५६औं मिनेटमा म्याथिस कुन्हाले दोस्रो गोल गरेर टिमलाई जितको नजिक पुर्याएका थिए ।

तर फुलह्यामका लागि राउल जिमेनेजले ८५औं तथा ९१औं मिनेटमा केभिनले गोल गरेर बराबरीमा ल्याएका थिए ।

तर नाटकीय ढंगबाट युनाइटेडका लागि बेन्जामिन सेस्कोले ९४औं मिनेटमा गोल गरेर टिमलाई ३–२ ले जित दिलाए ।

फुलह्याम भने ३४ अंक सहित लिगमा आठौं स्थानमा छ ।

आजै भएका अन्य खेलमा क्रिस्टल प्यालेस र नटिङघम फरेस्टबीच १–१ को बराबरी भयो भने एस्टन भिल्ला ब्रेन्टफोर्डसँग १–० गोलले पराजित भयो ।

प्रतिक्रिया दिनुहोस्