Trending
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा देशवासीका नाममा सम्बोधन     |     प्रधानमन्त्री बालेन शाह शीतल निवासमा     |     विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |     कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण     |     महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने     |     सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, सांगीतिक माहोलमा गुन्जिए रामकृष्ण ढकाल     |     चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा     |    
खेलकुद

भारतसँगको खेल नखेल्ने पाकिस्तानको निर्णयप्रति आईसीसीको यस्तो प्रतिक्रिया

२० माघ २०८२, सोमबार ०८:३३

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तान सरकारले आफ्नो राष्ट्रिय टोलीलाई आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत भारतसँगको खेल बहिष्कार गर्न निर्देशन दिएको निर्णयप्रति गम्भीर चासो व्यक्त गरेको छ।

आईसीसीका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बाट औपचारिक जानकारी आउन बाँकी रहे पनि कुनै एक खेल मात्र नखेल्ने निर्णय विश्वकपजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताको मूल भावना विपरीत छ। सबै छनोट भएका टोलीले तालिकाअनुसार समान सर्तमा प्रतिस्पर्धा गर्नुपर्ने आईसीसीको भनाइ छ।

आईसीसीले आफ्नो प्रतियोगिता खेलभावना, निष्पक्षता र निरन्तरतामा आधारित हुने बताउँदै यस्तो निर्णयले प्रतियोगिताको गरिमा कमजोर बनाउने उल्लेख गरेको छ।

सरकारले राष्ट्रिय नीतिमा भूमिका खेल्ने अधिकारलाई सम्मान गरिए पनि यो निर्णय विश्व क्रिकेट र पाकिस्तानका समर्थकहरूका लागि हितकर नभएको आईसीसीको धारणा छ।

आईसीसीले पीसीबीलाई यस निर्णयले पाकिस्तान क्रिकेटमा दीर्घकालीन असर पार्न सक्ने भन्दै पुनर्विचार गर्न आग्रह गरेको छ।

साथै, सबै सदस्य राष्ट्रको जिम्मेवारी विश्वकप सफल रूपमा सम्पन्न गर्नु भएकाले पीसीबीले सबै पक्षको हित सुरक्षित हुने गरी आपसी सहमतिमा समाधान खोज्ने अपेक्षा आईसीसीले गरेको छ।

यसअघि पाकिस्तान सरकारले राष्ट्रिय टोलीलाई विश्वकप खेल्न अनुमति दिएको तर भारतसँगको खेल भने बहिष्कार हुने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्