Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

शीर्ष स्थानमा उक्लियाे पीएसजी

२० माघ २०८२, सोमबार ०९:०३

काठमाडौँ। पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा आइतबार स्ट्रासबर्गविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको छ ।

स्टेड डे ला मेइनाउमा पाहुना टोली पीएसजीलाई जित दिलाउन सेनी मायुलु र नुनो मेन्डिसले १–१ गोल गरे । स्ट्रासबर्गका लागि गुएला डुएले १ गोल फर्काए ।

खेलको २२ औँ मिनेटमा मायुलुको गोलमार्फ पीसजीले अग्रता लिएको थियो । तर, ५ मिनेटपछि नै डुएले स्ट्रासबर्गलाई बराबरीमा ल्याए ।

रक्षक अचरफ हाकिमीले रातो कार्ड व्यहोर्दै मैदान छाडेपछि ७५ औँ मिनेटमा पीएसजी १० खेलाडीमा समेटियो । ८१ औँ मिनेटमा मेन्डिसले गोल गर्दै पीएसजीलाई रोमाञ्चक जित दिलाए ।

जितसँगै २० खेलमा ४८ अंक जोडेको पीएसजी शीर्ष स्थानमा उक्लिएको छ । पराजित स्ट्रासबर्ग समान खेलबाट ३० अंकका साथ सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्