Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका लागि नयाँ जर्सी

२२ माघ २०८२, बुधबार २०:४७

काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका लागि आज नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङ्घ क्यान) र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच सम्पन्न दुई वर्षे सम्झौता अनुसार एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो अङ्कित नयाँ जर्सी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी र क्यान पदाधिकारीको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित मेहता र क्यानका सचिव पारस खड्काले नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।

एक्सट्रिम इनर्जी ड्रिङ्क्सले विज्ञप्तिमार्फत नेपाली महिला क्रिकेटका लागि सहकार्य गर्ने जानकारी गराएको छ । “जर्सी प्रायोजनमार्फत खेलाडीलाई प्रोत्साहन हुने आत्मविश्वास बढ्ने र व्यावसायिक वातावरण बन्ने अपेक्षा छ”, विज्ञप्तिमा उल्लेख छ ।

सदस्य सचिव मेहताले खेलकुदमा निजी क्षेत्रको सहभागिताले महत्त्वपूर्ण योगदान पुगेको बताए । क्यानका सचिव पारस खड्काले नेपाली महिला क्रिकेटले केही समययता प्रभावशाली प्रदर्शनी गर्न थालेको बताउँदै यस्ता प्रायोजनले खेलाडीमा उत्साह बढ्ने बताए ।

कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले भारतमा हुन गइरहेको पुरुष टि २० विश्वकपमा क्रिकेट हेर्न मुम्बई पुग्ने नेपाली दर्शकका लागि पनि दुई हजार थान जर्सी निःशुल्क वितरण गर्ने जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्