Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

दोस्रो अभ्यास खेलमा नेपाल विजयी

२३ माघ २०८२, बिहीबार २०:३८

काठमाडौँ। आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले आज दोस्रो अभ्यास खेलमा पनि विजयी भएको छ । दोस्रो अभ्यास खेलमा नेपलले क्यानडालाई ६ विकेटले पराजित गरेको हो ।

भारतको चेन्नाइमा भएको अभ्यास खेलमा क्यानडाले नेपाललाई जितका लागि एक सय ६२ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य
१८औँ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि प्रारम्भिक ब्याटर आशिफ शेखले अद्र्धशतकीय पारी खेले ।

उनले २९ बलमा  ६ चौका र तीन छक्काको मद्दतमा ५८ रनको योगदान दिए । त्यसैगरी सन्दिप जोराले ४४, गुल्शन झाले ३१, कुशल भुर्तेलले १२ तथा दीपेन्द्रसिंह ऐरीले ९ रन बनाए ।

बलिङतर्फ क्यानडाका जसकरण सिहं र अजयवीर हुँडालले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६१ रनको योगफल बनाएको थियो ।

क्यानडाका लागि ओपनर नवनीत धलिवालले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ३६ बलमा एक चौका र तीन छक्का हाने । त्यस्तै श्रेयस मोभाले १९ बलमा दुई चौका र तीन छक्कासहित ३८, कनवारपुल ताथगुरले २५ तथा जसकरण सिंहले २१ रन बनाए ।

 बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई/दुई  तथा सोमपाल कामी र नन्दन यादवले एक/एक विकेट लिए । यसअघि पहिलो अभ्यास खेलमा पनि नेपालले युएईलाई सात विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्