Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

यू-१९ विश्वकप फाइनलमा वैभवको विष्फोटक रुप– ८० बलमा हाने १७५ रन

२४ माघ २०८२, शुक्रबार १७:३५

काठमाडौं। यू-१९ विश्वकपको उपाधिका लागि भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा जारी छ ।

जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा जारी फाइनल खेलमा भारतले टस जितेर ब्याटिङ गरिरहेको छ। ताजा स्थितीमा भारतले ४० ओभरमा ५ विकेट गुमाएर ३१९ रन जोडेको छ ।

भारतलाई बलियो लक्ष्यतर्फ लैजान वैभव सूर्यवंशीले विष्फोटक ब्याटिङ गरे । उनी १७५ रन जोडेर पभेलियन फर्किए ।

मात्र ८० बल खेलेका उनले २१८.७५ को स्ट्राइक रेटसहित ब्याटिङ गर्दै १५ चौका र १५ छक्का प्रहार गरे । उनलाई म्यानी लुम्स्डेनले आउट पारे ।

प्रतिक्रिया दिनुहोस्